जलवायु परिवर्तनले माटोको सहर संकटमा

सुन्दरकुमार थकाली २०७९ कार्तिक १३ गते १०:५२

जोमसोम ।
माटोको सहरका नामले परिचित उपल्लो मुस्ताङ पछिल्लो समय जलवायु परिवर्तनका कारण संकटमा पर्न थालेको छ । मनोक्रान्ति ईको स्पिरिचुअल योगा अनुपम पोखराबाट लोमान्थाङ पुगेको मनोक्रान्तिका डा. योगी विकासानन्द सहितको टोलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिले यस्तो बताएका हुन् ।

मनोक्रान्ति गुरु डा. विकासानन्द युवा दार्शनिक हुन् । उनी मनोक्रान्ति योगका अगुवा हुन् । उनले मनोक्रान्तिको माध्यमबाट योग, ध्यान, दर्शन र आध्यात्मक प्रचार/प्रसारमा योगदान दिएका छन् । उनै मनोक्रान्ति गुरु डा. विकाशानन्दसहित ५८ जनाको भ्रमण टोली अध्ययनका लागि उपल्लो मुस्ताङ पुगेको थियो ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ र उपाध्यक्ष छिमी बिष्टको रोहबरमा डा. विकासानन्दले अन्तक्रिया गरेका थिए । विकाशानन्दसहितको आएको टोलीले राखेको जिज्ञासामा गाउँपालिका अध्यक्ष गुरुङले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा देखिन थालेको उल्लेख गरे ।

Advertisement

‘विश्व सम्पदा सूचीमा सूचीकृतको क्रममा रहेको उपल्लो मुस्ताङलाई माटोको सहर अर्थात् मर्ट सिटीका नामले परिचय रहेको छ, तर यो यहाँको मौलिकता कतिसम्म रहला भन्ने चिन्ता थपिँदैछ,’ अध्यक्ष गुरुङले भने, ‘जलवायुको प्रभावले पानी नपर्ने यो ठाउँमा भारी वर्षा हुन थाल्यो, हिमपात पनि असमान प्रकार पर्ने गरेको छ ।’

उनले पछिल्लो समय यहाँको मौलिकता र संस्कृति जोगाउन मुस्किल परेको बताए । वर्षाले पुराना माटोले बनेका घर भत्किने र चुहिन थालेको उल्लेख गर्दै अध्यक्ष गुरुङले सडक सहजतासँगै धमाधम कंक्रिट बिल्डिङहरु बन्न थालेको जनाए । ‘हामीले यहाँको मौलिकता जोगाउन विभिन्न योजना निर्माण गर्दैछौ,’ उनले भने, ‘कुन रुपले कसरी समन्वय गरी माटोले बनेका घर संरक्षण र दिगो व्यवस्थापन गर्न सक्छौं भनेर योजना निर्माण गरिरहेका छौं ।’

Advertisement

अध्यक्ष गुरुङले उपल्लो मुस्ताङको कतिपय सार्वजजिन सम्पदामा गाउँलेले कब्जा गरेको अवस्थालेतति सम्पदाको स्तरोन्नति र प्रर्वद्धन गर्न चुनौती बनेको बताए । उनले उपल्लो मुस्ताङ सदियौं वर्ष पुराना धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा रहेको उल्लेख गर्दै त्यसको प्रर्वद्धनका लागि श्रव्यदृष्य मिडियाको प्रचारप्रसार आवश्यक भएको औंल्याए ।

उपल्लो मुस्ताङ आउने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्य नियालेर स्वर्गको उपमा दिने भए पनि हिमाली क्षेत्रको बसोबास निकै चुनौतीपूर्ण रहेको औंल्याए । उनले यहाँ बर्सेनि एक बालीमात्र खेतीपाती हुने पशुपालनको व्यवसाय चुनौतीपूर्ण रहेको जनाए ।

हिउँद याममा अत्यधिक चिसोले गर्दा यहाँ बस्न नसकिने र वैकल्पिक व्यापारका लागि बेसी झर्नुपर्ने बाध्यता सुनाए । ‘एक दुई दिन घुम्ने पर्यटकलाई यो ठाउँ अथाह होला,’ उनले भने,
‘ तर हामी त सधैभरी यही बस्छौं, हाम्रो जीवनशैली निकै कष्ठप्रद हुन्छ ।’ अध्यक्ष गुरुङले पछिल्लो समय सडक सञ्जाल सहजसँगै उपल्लो मुस्ताङको मौलिकता र सस्स्कृति पनि लोप हुने खतरा बढ्न थालेको बताए ।

अध्यक्ष बिष्टले पञ्चायत कालको समयमा तत्कालीन अञ्चलाधीशले सरकारी कामकाज सहज गर्न जातीय वर्गीकरण गरेको सुनाए । लोमान्थाङकी उपाध्यक्ष छिमी बिष्टले उपल्लो मुस्ताङमा सडक तथा सञ्चारको पहुँच नहुँदा शैक्षिक पहुँच पुग्न नसकेको बताईन् ।

उनले १ सय ८ कोठा रहेको झोङ गुफा, कोरलानाका, लोमान्थाङ दरबार र उपल्लो मुस्ताङको तिब्बती पठार भूगोलको झल्को दिन दृष्य हेर्न पर्यटक यहाँ आउने गरेको सुनाईन् । उनले समुन्द्री सतहदेखि ४ हजार मिटरको उचाईमा आउँदा कतिपय पर्यटकलाई अल्टिच्युडको समस्या देखिने गरेको सुनाईन् ।

विकासानन्दले उपल्लो मुस्ताङ आईपुग्दा यहाँको प्राकृतिक सौन्दर्यता र सस्कृतिले जीवनभरको ऊर्जा मिलेको बताए । ‘हामीले यहाँका प्राकृतिक छटा, यहाँको ऊर्जा ग्रहण गरी फर्किदै छौं,’ डा. विकासानन्दले भने, ‘यहाँबाट ठूलो शिक्षा र उर्जाशक्ति लिएर जादैछौं ।’

क्याप्सनः लोमान्थाङ पुगेको मनोक्रान्तिका डा. योगी विकासानन्द नेतृत्वको टोली स्थानीयसँग अन्तक्र्रिया गर्दै ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया