नवलपुरमा बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु

समाधान संवाददाता २०७९ कार्तिक १३ गते ११:०२

पोखरा ।
पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

Advertisement

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया