५२ थरी निर्वाचन सामग्री मुस्ताङ आइपुग्यो

सुन्दरकुमार थकाली २०७९ कार्तिक १५ गते १२:३७

जोमसोम ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चाहिने ५२ थरीका निर्वाचन सामाग्री सोमबार हिमाली जिल्ला मुस्ताङ आइपुगेको छ ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक मतपत्रबाहेक निर्वाचनका लागि आवश्यक सामग्री कार्यालयलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्यालले जानकारी दिए ।

निर्वाचन आयोगले मुस्ताङका लागि आवश्यक पर्ने निर्वाचन सामग्री कन्टेनरमा ढुवानी गरी मुस्ताङ पठाएको हो ।

Advertisement

आयोगले हिमाली जिल्ला मुस्ताङका लागि निर्वाचन प्रयोजनार्थ ५० थान मतपेटिकासहित छेकेवारा, रबर म्याट, सुरक्षणशील, स्वस्तिक छाप, लाहा छाप र मतदाता नामावली लगायत ५२ थरी विभिन्न सामग्री मुस्ताङ पठाएको कार्यालय प्रमुख अर्यालले बताए ।

निर्वाचन आयोगले पठाएका निर्वाचन सामग्रीबाहेक करिब १५ थरी सामाग्री कार्यालय आफैले खरिद गरेको जनाइएको छ । कार्यालयले यसअघि कार्यालयमा मौजाद रहेका मतपेटिकालाई मध्यनजर गर्दै आवश्यक संख्या तोकेर आयोगमा मतपेटिका माग गरेको थियो ।

Advertisement

कन्टेनरमा ढुवानी गरेर मुस्ताङ पठाएको निर्वाचन समाग्री । तस्विर: सुन्दरकुमार थकाली

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया