गौतम, बराल र थापासहित १५२ जना एमालेमा

समाधान संवाददाता २०७९ कार्तिक २२ गते ९:११

पोखरा ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का १ सय ५२ जता नेता, कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् ।


नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीले सोमबार आयोजना गरेको कार्यकर्ता भेलामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला शिक्षा अधिकारी शंकर गौतम र नेकपा (माओवादी केन्द्र) रूपा गाउँपालिका अध्यक्ष तथा लेखक नवराज बराल, नेपाली कांग्रेस केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य तथा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मीना कुमाल, राम गुरुङ, अमृत श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का उपसचिव मदन गिरी, योङ कम्युनिस्ट लिग (वाइसिल) कास्कीका जिल्ला सदस्य कृष्ण दाहाल एमालेमा प्रवेश गरेका हुन् । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई पार्टीमा स्वागत गरे ।


नेपाली कांग्रेसका नेता तथा पूर्व कर्मचारी गोपाल गोदार, शिवबहादुर गोदार, सन्तोष पाण्डे, अर्जुन पाण्डे, बुद्धिसागर बस्यौला, चन्द्रबहादुर भुजेल, मनबहादुर विक, रतन गुरुङ, कलाकार रक्की गुरुङ, सुस्मिता श्रेष्ठ, मनबहादुर विक, अमृत न्यौपाने र सुशीला श्रेष्ठले एमाले रोजेका छन् ।

Advertisement


भेलामा पोखरा १ सिम्पानी मिलनसम्शेर राणा, रुवेण थापामगर, सान्तोष तामाङ, राकेशविक्रम राणा, पूर्ण तामाङ, सागर रानाभाट, बिक्कल तामाङ, सविन तामाङ, गणेश परियार, सञ्जय थापा, प्रविण पुन, मनीष तामाङ, ओशिष रानामगर, अनुप पौडेल, सौरभ तामाङ, नरहरि पौडेल र श्याम पराजुली एमालेमा प्रवेश गरेको पार्टी जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।


कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताहरु एकबहादुर थापा, भरतबहादुर थापा, टेकप्रसाद तिमिल्सिना, तुलबहादुर भुजेल, मीनबहादुर विक, राजकुमारी भुजेल, चूडामणि विक, सन्तोष विक, अर्जुन विक, राजु विक, रामबहादुर विक, प्रकाश विक, रवीन्द्र विक, भोजराज गौतम, मनोज गौतम, कविराज गौतम, विमला तिमिल्सिना, सुशील गौतम, सोभित तिमिल्सिना एमालेमा प्रवेश गरेका छन् ।

Advertisement


अजिल नेपाली रामबहादुर विक, ओमबहादुर विक, सूर्यबहादुर विक, महेन्द्र विक, रामचन्द्र विक, तिलक तिमिल्सिना, देवका तिमिल्सिना, कुलप्रसाद गौतम, रामप्रसाद तिमिल्सिना, कमल देवकोटा, नवराज गौतम, सन्देश गौतम, ललिता गौतम, दीपक गौतम, लालबहादुर थापा, सिर्जना गौतम समेतले एमाले रोजेका छन् ।

तपाईको प्रतिक्रिया