दीपशिखा पुस्तकालयको सभा

समाधान संवाददाता २०७९ कार्तिक २२ गते १२:५१

पोखरा ।
पोखरा २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १५ औं साधारणसभा शनिबार भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयबाट वर्षकै उत्कृष्ट पुस्तकालयका रुपमा पुरस्कृत बन्न सफल भएकोमा बधाई दिए । उनले पाठक निरन्तर पुस्तकालय आउने वातावरण तयार गर्न आग्रह गरे ।

सभामा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीले नीति नियम, प्रगति प्रतिवेदनसहित भावी योजना र कोषाध्यक्ष माधव भण्डारीकोे आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

Advertisement

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २९ की वडा सदस्य निर्मला पौडेल, आजीवन सदस्य डिल्लीराम पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद श्रेष्ठ लगायतले बोलेका थिए । समारोहमा कर्मचारीहरु धनु पहारी र माया गुरुङ सम्मानित भए ।

Advertisement

तपाईको प्रतिक्रिया