बारीजोत्दा ट्रयाक्टर दुर्घटना: एकको मृत्यु

समाधान संवाददाता २०७९ कार्तिक २३ गते १६:०८

पोखरा ।
तनहुँमा बारी जोत्ने ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ । बारी जोत्ने क्रममा अनियन्त्रित भई पल्टेको लु ३ त १३३५ नम्बरकाे ट्रयाक्टरले च्यापेर ३० वर्षिय कमलबहादुर दरै घाइते भएका थिए । घाइते दरैको उपचारको क्रममा बुधबार दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया