उम्मेदवारसँग जेसीजको सवाल जवाफ

समाधान संवाददाता २०७९ कार्तिक २५ गते १४:०४

लेखनाथ ।
युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमतामा अभिवृद्धि गराउने उदेश्यका साथ स्थापना भएको लेखनाथ जेसीजले बिहीबार देखि जेसीज सप्ताहन्त सुरु गरेको छ ।

साविक लेखनाथलाई कर्मथलो बनाएर सन १९९८ मा स्थापना भएको लेखनाथ जेसीजे कार्तिक २४ देखि २६ गते सम्म विविध कार्यक्रमका साथ जेसीज सप्ताहन्त गर्न लागेको हो ।

जेसीज सप्ताहन्तको पहिलो दिन युवाहरुलाई लक्ष्यीत गर्दै त्रिवेणी ईन्टरनेशनल कलेजका विद्यार्थीहरुका माझा राखिएको अभिभुखिकरण तथा नेतृत्व विकास कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष तथा लेखनाथ जेसीजका पुर्व अध्यक्ष सुमन मोहन भटराईले जेसीजले आत्मसाथ गरेको विश्वबन्धुत्वको भावना, विधिको शासन, आर्थिक न्याय र मानवताको सेवामा सर्मपित हुन सहभागी युवाहरुलाई आग्रह गरेका थिए ।

Advertisement

लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसीजका पुर्व अध्यक्ष नेत्रपाणि वास्तोला,त्रिवेणी ईन्टरनेशनल कलेजका क्याम्पस प्रमुख यदुराज आचार्य,कार्यक्रम संयोजक मौसम बराल र लेखनाथ जेसीजका सचिव कृष्ण तिवारी लगाएतले युवाहरुले आफनो क्षमता अभिबृद्धि गर्दै समाज रुपान्त्रणका लागि नेतृत्व लिन सक्नु पर्ने सुझाव राखेका थिए ।

यसैबिच जेसीज सप्ताहन्तको दोस्रो दिन सुक्रवार विभिन्न सस्थाहरुसँग मैत्रिपुर्ण फुटसलको कार्यक्रम राखिएको छ भने सप्ताहन्तको मुख्य कार्यक्रम अन्तरगत कार्तिक २६ गते सनिवार आसन्न मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुदै कास्की निर्वाचन क्षेत्र नं.१ र प्रदेश सभा क्षेत्र नं.१ (१) का उम्मेदवारहरुसँग एउटै मन्चमा प्रत्यक्ष सवाल जवाफ गर्ने कार्यक्रम ‘ककस’ गर्ने भएको कार्यक्रम संयोजक अर्जुन ओझाले जानकारी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया