बृहत निशुल्क स्वास्थ शिविर

समाधान संवाददाता २०७९ कार्तिक २९ गते ११:१४

कात्तिक ।
लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजनामा पोखरा २१ कृस्तीस्थित बयेली आभारभूत विद्यालयमा निशुल्क स्वास्थ्य शिविर भएको छ । पेट, छाती तथा मुटुरोग विशेषज्ञ डा.वसन्त ताम्राकार, डा. सिपी आचार्य डा.भावुक सुवेदी, डा.रञ्जन पोख्रेल, दाँतरोग विशेषज्ञ डा.सुजन बानिया, डा.अस्मिता श्रेष्ठ, डिएच अस्मिता शाही ठकुरी, बालरोग विशेषज्ञ डा. दिलीप ओझा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गौमाया तुलाचन, डा. अनुपमा रोका, सर्जन डा. प्रदीप घिमिरे, डा.मनीष आचार्य, हाडजोर्नी डा. दीपेश कायस्थ, भिडिओ एक्सरे विशेषज्ञ डा.गोपीलाल श्रेष्ठ, डा. वन्दना ताम्राकार, शान्ति पौडेल, अप्थालमोलोजी डा.सोबित पौडेल, डा.अनुजा पौडेल, क्यान्सर रोग विशेषज्ञ डा. कल्पना पौडेल, डा.एनशिला बास्तोलाले ४६० जनाको स्वास्थ्य परीक्षण तथा निशुल्क औषधी वितरण गरेका हुन् ।

उक्त अवसरमा प्रमुख अतिथि जर्मन नागरिक मार्कोस ओलिनरले लायन्सको कार्यबाट आपूm प्रभावित भएको सुनाए । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ जे का गभर्नर ध्रुव श्रेष्ठले बृहत स्वास्थ्य परीक्षणले तथा निशुल्क औषधी वितरण गरेकोमा लायन्स क्लब अन्नपूर्णलाई धन्यवाद दिए । डा. वसन्त ताम्राकारले पहिलो बिरामीलाई कार्ड हस्तातरण गर्दै लायन्सले मानवीय कार्य गरेको विचार व्यक्त गरे ।

पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दीपक सुवेदीले यस क्षेत्रमा खानेपानी टंकी निर्माण छात्रवृत्ति र राहत वितरण कार्यमा लायन्स क्लबले यस क्षेत्रमा गरेकोमा यस क्षेत्रका बासिन्दा आभारी रहेको बताए । डिस्ट्रिक चिफ सोनाम साङपोले स्वास्थ्य शिविरबाट निम्न आय भएका स्थानीयले बढी फाइदा लिएको बताए ।

Advertisement

त्यस अवसरमा रिजन चियरपर्सन अर्जुन पोखरेल, जोन चियरपर्सन सूर्यप्रसाद बरालले स्वास्थ्य शिविरबारे जानाकारी दिए । कार्यक्रमको संयोजक डा. गोपीलाल श्रेष्ठ र कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष विजय पौडेल गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया