निर्वाचन पर्यवेक्षकलाई तालिम

सुन्दरकुमार थकाली २०७९ कार्तिक ३० गते ११:०८

जोमसोम ।
मुस्ताङमा निर्वाचन पर्यवेक्षकलाई तालिमसहित शपथ गराइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोग) अन्तर्गत नियोगको मुस्ताङ शाखाले जिल्लाका ८ निर्वाचन पर्यवेक्षकलाई मंगलबार तालिमसहित जिम्मेवारीको शपथ गराएको हो ।

निर्वाचनलाई स्वच्छता,स्वतन्त्रता र विश्वनीय बनाउने उद्देश्यले नियोगको मुस्ताङ शाखाले निर्वाचन पर्यवेक्षण तालिम आयोजना गरेको हो । तालिम जिसस मुस्ताङका उपप्रमुख एवं नियोगको पूर्व जिल्ला अध्यक्ष आइतलाल थकालीले सुरुआत गरेका थिए । नियोग शाखा अन्तर्गत खटिने निर्वाचन पर्यवेक्षकले आयोगको निर्वाचन आचार सहिंताको परिधिभित्र रहेर मतदान केन्द्रको पर्यवेक्षण गर्नुपर्ने उनले बताए ।

‘निर्वाचनको स्वच्छता, पारदर्शीता र विश्वसनीयताको वस्तुगत रिपोर्टिङ गर्नुहोस्,’ उपप्रमुख थकाली भने, ‘भौगोेलिक र मौसम प्रतिकूलताले केही जटिलता हुन सक्लान्, त्यसका बाबजुद मतदान अवधिभर तोकिएको स्थानमा बसेर जानकारी लिनुहोला ।’

Advertisement

जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले मंसिर ४ गते हुने निर्वाचनलाई सफल बनाउन सबै क्षेत्रको दायित्व महत्वपूर्ण हुने बताए । उनले निर्वाचन सुरक्षा र मतदान प्रक्रियाका बिषयमा सबै तयारी पूरा भइसकेको जनाए ।

नियोगका जिल्ला अध्यक्ष विनोद थकालीले निर्वाचनको वस्तुगत रिपोर्टिङका लागि यसअघि जिल्लाबाहिर विभिन्न तालिम भइसकेको बताए । ‘जिल्ला अध्यक्षलाई काठमाडौंमा र निर्वाचन पर्यवेक्षक प्रशिक्षकलाई प्रदेश स्तरीय तालिम भएको थियो,’ अध्यक्ष थकाली भने ।

Advertisement

मुस्ताङका ५ स्थानीय तहका ३९ मतदान केन्द्रमा खटिने ८ निर्वाचन पर्यवेक्षकलाई नियोकले खटाएका प्रशिक्षक शान्ता थकाली र अनिशा थकालीले सहजीकरण गरेका थिए ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक अन्तर्गत ८ जना निर्वाचन पर्यवेक्षक, एक नियोक जिल्ला अध्यक्ष र २ प्रशिक्षकले मतदान केन्द्रहरुको पर्यवेक्षण गर्ने नियोकका जिल्ला समिति सचिव पेमा छेतेन विकले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया