५५ जनालाई न्यानो कपडा

समाधान संवाददाता २०७९ कार्तिक ३० गते १२:५५

पोखरा ।
रोट्रयाक्ट क्लब अफ हेमजाले शनिबार आर्थिक रुपमा बिपन्न ४० जना बालबालिका र १५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

रोटरी क्लब अफ पोखरा अन्नपूर्णका आगामी वर्षका अध्यक्ष तोयबहादुर भट्टराईले जहाँ आवश्यकता, त्यहाँ रोट्रयाक्ट क्लबले सहयोग गर्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य धनकुमारी पोख्रेल तिमिल्सिना, विष्णुपादुका माविका प्रधानाध्यापक दीपकराज पौडेल र क्लबका सल्लाहकार मदन थापाले रोट्रयाक्ट क्लब अफ हेमजाबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताए ।

Advertisement

कार्यक्रम संयोजन गरेका विश्वराज पौडेलले आफूहरुले देउसी भैलोबाट आर्थिक व्यवस्थापन गरेको सुनाए ।

क्लब अध्यक्ष विकल थापाले विगत १० वर्षयता रोट्रयाक्ट क्लब अफ हेमजाले बिभिन्न सामाजिक काम गर्दै आएको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया