कास्की विकासको नेतृत्व भरत पोखरीले गरोस् -स्थानीयबासी

समाधान संवाददाता २०७९ कार्तिक ३० गते १८:२६

पोखरा ।
आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको निर्बाचनमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिद्या भट्टराई र प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की लाई सो ठाउँका स्थानियहरूले कास्की बिकासको नेतृत्व गर्ने गरि बिजयी गराउने आश्वासन दिएका छ्न।

निर्बाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा न ३३ पुगेका एमाले उम्मेदवारद्वय भट्टराई र कार्किलाइ यसपाली आफुहरूले महत्त्वपूर्ण अबसर गुम्न नदिने भन्दै सो क्षेत्रको योजनाबद्ध एकीकृत बिकासको अबधारणालाइ साकार पार्न आग्रह गरे।

बिकासका कुशल अभियन्ता स्वर्गीय नेता रबिन्द्र अधिकारीको जन्मथलो समेत रहेको भरत पोखरीका जनताले संघिय र प्रदेशका दुबै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु एतिहासिक र बिकासको नेतृत्वका लागि अभुतपूर्ब मौका भएको प्रतिक्रिया दिएका छ्न।

Advertisement

स्थानिय निराजन अधिकारिले २०६६ सालमा पर्यटन क्षेत्र घोषित उक्त क्षेत्रमा पर्यटकिय बिकासको थप काम प्रतिबद्धतापत्रमा समाबेश गरेकोमा धन्यवाद दिदै भौतिक पूर्बाधार लगाएत बिकासका काम एमालेबाट निर्बाचित जन( प्रतिनिधिहरूको अगुवाईमा अगाडि बढिरहेको बताए।

सो अबसरमा उक्त क्षेत्रको निबर्तमान साम्सद समेत रहेकी उम्मेदवार बिधा भट्टराईले आफ्नो पहलमा भएका बिकास निर्माणको जानकारी दिदै बिरौटा हुँदै कोत्रे जोड्ने चार लेनको सडक अब निर्माणको प्रक्रियामा प्रबेश गरेकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने सबैमा आभार प्रकट गरिन।

Advertisement

उक्त अबसरमा प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले पोखरा महानगरका वडामा पर्ने वरपरका डाडाहरूलाई महानगरीय बिकासको अबधारणा अनुसार विभिन्न मोडलमा बिकास गर्ने भन्दै पोखरा ३३ र २१ लाई “ग्रीन हिल सिटि” को रुपमा बिकासको योजना रहेको बताए।

कार्किले एमाले नेतृत्वको प्रदेश सरकारको पालामा निर्माण प्रक्रिया थालनी भएर अहिलेको सरकारले बेबास्ता गरेको अन्तर्राष्ट्रिय क्रीकेट मैदान र औधोगिक क्षेत्र स्थानियहरूको माग ब्यबस्थापन गरेर मात्रै निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरे। साथै भरत पोखरीमा सुबिधा सम्पन्न एक अस्पताल र प्राबिधिक शिक्षा सहितको बहुमुखी क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउने सहित व्यावसायिक कृषीको बिकासको आधुनिक मोडलको अबलम्बन एबम ससक्त रोजगार युबा र पिछडिएका बर्ग तथा महिला शसक्तिकरणका कार्यक्रम आफुले प्रतिबद्धतापत्रमा उल्लेख गरे बमोजिम पूरा गर्ने बताए।

तपाईको प्रतिक्रिया