पश्चिमाञ्चल अस्पताललाई सिद्धार्थ बैंकको साथ

समाधान संवाददाता २०७९ मंसिर १ गते ११:०९

पोखरा ।
सिद्धार्थ बैंक बुद्धचोक शाखा पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १ लाख ४० हजारका कुर्ची सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकका शाखा प्रबन्धक विष्णुप्रसाद शर्माले अस्पतालको प्रसूति वार्डमा बिरामीका कुरुवाको बसाइमा सहज पुर्‍याउने उद्देश्यले उक्त रकम बराबरको १७ कुर्ची सहयोग गरिएको बताए । सोमबार साँझ शर्माले अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीलाई कुर्ची हस्तान्तरण गरेका हुन् ।

‘बिरामीका आफन्त वा कुरुवालाई सहज बसाइका लागि कुर्ची सहयोग गरेका हौं,’ शर्माले भने, ‘विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका थियौं । आगामी दिनमा पनि यो सहयोग जारी रहनेछ ।’ अस्पतालका निर्देशक खत्रीलेसहयोगप्रति आभार व्यक्त गरे । उनले कुर्चीको सदुपयोग भए बिरामी कुरुवालाई सहज हुने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया