अन्तर्राष्ट्रिय बाल अधिकार दिवसकाे अवसरमा वक्तृत्वकला प्रतियोगिता

समाधान संवाददाता २०७९ मंसिर ३ गते १८:२८

पोखरा ।

पोखरा उद्योग बाणिज्य संघ र पोखरा उद्योग बालश्रम न्यूनीकरण कार्यक्रमको संयुत्त आयोजना एवं किड्सा नेपालको सहयोगमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवश २० नोभेम्वर २०२२ को अवसरमा आयोजना गरिएको बाल अधिकारसँग बाल कर्तव्य, तथा बाल अधिकार, परिवार, समाज र सरकारको भूमिका शिर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको छ ।

प्रतियोगितामा ३५ जना विद्यार्थी सहभागी भएका थिए । वीर आधारभूतक विद्यालय रिठेपानीकी छात्रा जस्मीन गुरुङ प्रथम, पार्दी माविकी स्वइच्छा बराल दोस्रो, हिमालयन स्कुल खुदिखोलाका सुदीप परियार तृतीय र साहारा आधारभूत विद्यालयकी लक्ष्मी परियार सान्त्वना भएका छन् ।

Advertisement

पोखरा महानगरपालिका बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले बालबालिका भनेका नेपालको कानुनले तोके अनुसार १८ वर्ष भन्दामुनिका बालबालिकालाई मानिने जनाइन् । अन्तर्राष्ट्रिय बालदिवसले बालबालिकाको अधिकार जन्मसिद्ध अधिकार, पढने लेख्ने खाने, बस्ने र मनोरञ्जन, जस्ता कुराहरुमा स्वतन्त्ररुपमा बाच्ने अधिकारको ग्यारेन्टी गरेको र बालबालिका संम्बन्धि धेरै अधिकार नेपालको कानुनले पनि दिलाएको उनको भनाइ छ । यस प्रतियोगिताले बालबालिकाको बौद्धिक क्षेत्रमा ठुूलो टेवा पुगेको उनको भनाइ छ ।

बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक प्रिती पाण्डेले बालबालिकाको नैसर्गीक अधिकारलाई सुनिश्चित गर्न र उनीहरुको आधारभूत आवश्यकता र अधिकार शिक्षा, स्वास्थ्य, बस्ने खाने लगाउने जस्ता कुराहरु ग्यारेन्टी गर्नका निम्ति लागिपरेको जनाइन् । पोखराका बिभिन्न ठाँउमा २० वटा सिकाई केन्द्र सञ्चालन गरी पढ्ने व्यवस्था गरिएको छ ।

Advertisement

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बालश्रम न्यूनीकरण कार्यक्रले बालबालिकाको क्षेत्रमा राम्रो काम गरेको जनाए ।

तपाईको प्रतिक्रिया