मुस्ताङका दुई मतदान केन्द्र सम्पर्कविहीन

सुन्दरकुमार थकाली २०७९ मंसिर ४ गते १४:५३
मुस्ताङको जनहित मतदान केन्द्रमा मतदान गर्दै मतदाता तस्विर: सुन्दरकुमार थकाली

जोमसोम ।
मुस्ताङका एक अस्थायीसहित ४० वटै मतदान केन्द्रमा अहिले मतदान प्रक्रिया सुरु भईसकेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए । मतदान प्रक्रिया सुरु भएको घण्टा बितिसक्दा भने मुस्ताङका दुई मतदान केन्द्रमा संञ्चार सम्पर्क हुन नुसकेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए ।

वारागुङ मुक्तिक्षेत्र–५ साङ्ताको हिमाली आधारभुत मतदान केन्द्र र चिनसंग सीमान जोडिएको सम्जुङ आधारभुत मतदान केन्द्रमा टेलिफोन संम्पर्क हुन नसकेको हो ।

सम्जुङ मतदान केन्द्र सदरमुकाम जोमसोमदेखि ११० किमी टाढा छ भने साङ्ता मतदान केन्द्र मुस्ताङ–डोल्पा सडकको सीमाना हो । यहाँ पुग्न जोमसोमबाट ४० किमी टाढा पर्छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया