मुस्ताङमा  कांग्रेसको उम्मेदवारकाे अग्रता

समाधान संवाददाता २०७९ मंसिर ५ गते ८:०३
संकेतिक

पाेखरा ।

प्रतिनिधि सभा तर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारकाे अग्रता छ। पछिल्लो प्राप्त विवरण अनुसार १९०० सय मत गन्दा नेपाली कांगेसका योगेशले १०६८ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा(एमाले)का प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त ल्याएकाे निर्वाचन  कार्यालय मुस्ताङले जनाएकाे छ ।  

यस्तै रास्वपाले १२ मत र बदर मत ३३ पुगेको रहेकाे छ । मतगणना बिहान ३ बजेर ३५ मिनेटबाट गन्न सुरु थियाे ।

Advertisement

अहिले लोमान्थाङ,मराङ,चिमाङ,लेते,छोसेर,सौरु,मार्फा,चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ। 
मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७२३० मत खसेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया