स्याङ्जा २ मा पुन मतदान माग, चापाकोटमा धाँधलीकाे आरोप

समाधान संवाददाता २०७९ मंसिर ५ गते १३:३८

स्याङ्जा क्षेत्र नम्बर २ मा गठबन्धन बाहेकका उम्मेदवारले पुन मतदान गर्न माग गर्दै निर्वाचन आयोगलाई पत्र दिएका छन् । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको आरोप सहित उनीहरुले आयोगलाई पत्र दिएका हुन् ।
नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिएका हुन् ।


चापाकोट नगरपालिकाका ४ वटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरुको आरोप छ । ‘स्याङ्जामा सरदर खसेको मत ५६ देखि ६१ छ, तर यहाँ ९९ प्रतिशतसम्म खसालिएको छ । नेपालको इतिहासमा यसरी मत खसेको कुनै अवस्थामा देखिएको छैन,’ पत्रमा भनिएको छ ।


गठबन्धनको धाँधलीले प्रहरी प्रशासनलाई पनि निकम्मा बनाएको र जनताले आफ्ना प्रतिनिधि छान्ने अधिकारबाट बञ्चित गराइएको आरोप छ ।

Advertisement

तपाईको प्रतिक्रिया