मुस्ताङ प्रदेश सभा क मा एमाले उम्मेदवार इन्द्रधारा विष्ट पराजित

समाधान संवाददाता २०७९ मंसिर ५ गते १५:४४
नम्डु गुरुङ

पोखरा ।


गण्डकी प्रदेश सभामा मुस्ताङ (क) मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका प्रतिस्पधी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत पाएका थिए । उनीहरु बीच २ सय ५५ मत छ ।
मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । प्रदेशसभा (ख) को मतगणना चलिरहेको छ ।

नम्डु गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को वडाध्क्षमा पराजित भएका थिए । यति बेला उनले ९९ मत ल्याउँदा एमालेका छिरिङ धिण्डु गुरुङले १ सय २६ मत ल्याएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया