देशैभर घण्टी बजाएका रवि लामिछाने चितवनमा निकै पछि, सूर्यकाे ४७२ आउँदा घण्टीकाे ६५

समाधान संवाददाता २०७९ मंसिर ५ गते १६:३३

पाेखरा ।

देशैभरी अपत्यारिलाे ढंगतले मत पाएकाे रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले ठुला साना सबै दलकाे मनमा ढ्याङ्ग्राे ठाेकेकाे छ । तर चितवनबाट आएकाे समाचार अनुसार चितवनका जनताले भने रवि र रविका समर्थककाे मनमा ठ्याङ्ग्रेा ठाेकेका छन् ।

पछिल्लाे मत परिणाम अनुसार चितवन २ मा २ ८४९ गणना गर्दा सुर्य -४७२, रूख ३८२, घण्टी ६५ मत प्राप्त भएकाे स्थानीय पत्रकार हरि पाेखरेलले समाधानलाई बताए ।

Advertisement

यद्यपी याे मत ग्रामिण इलाकाकाे हाे । इच्छामनकामना गाविसकाे मत भएका कारण रवि पछि परेकाे बताइएकाे छ । शहरी इलाकामा गणना हुँदा उनले अग्रता लिन सक्ने पाेखरेलले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया