मनाङ क मा कांग्रेसका मुनिन्द्र जंग गुरुङ विजयी

समाधान संवाददाता २०७९ मंसिर ५ गते १८:५८

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्यमा मनाङको प्रदेश सभा (क)मा कांग्रेसका मुनिन्द्र जंग गुरुङ निर्वाचित भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन् ।

एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए । मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत हात पारेका हुन् । मनाङ प्रदेश सभा क मा २ हजार २ सय १० मत खसेको थियो । त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, राप्रपाले २३ मत पाएको छ ।

Advertisement


प्रदेशसभा ख मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा तर्फ टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ बीच प्रतिस्पर्धा भइरहेको छ । यहाँ मतगणना चलिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया