मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

समाधान संवाददाता २०७९ मंसिर ५ गते २२:५५


पाेखरा ।

मुस्ताङपछि कांग्रेसले मनाङमा क्लिन स्वीप गरेकाे छ । यसअघि एमालेकाे गढ भत्काउदै कांग्रेसले नयाँ इतिहास रचेकाे हाे । यसपटक प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका हुन् । उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् ।

टेकबहादुरको २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देनले २ हजार २ सय ४७ मत ल्याए । ०७० सालकाे निर्वाचनमा पाेल्देन छाेपाङ गुरूङ प्रतिनिधिसभा सांसद भएका थिए । उनी ०७४ सालकाे निर्वाचनमा टेकबहादुर गुरुङसँगै पराजित भएका थिए । तर, यसपटक उनले बाजी मारेका हुन् ।

Advertisement

मनाङको प्रदेश सभा (क) मा  कांग्रेसका मुनिन्द्रजङ गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन् । एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए । मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत हात पारेका हुन् ।

मनाङ प्रदेशसभा ‘क’ मा २ हजार २ सय १० मत खसेको थियो । त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, राप्रपाले २३ मत पाएको छ ।

Advertisement

प्रदेशसभा ‘ख’ मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा तर्फ टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङबीच प्रतिस्पर्धा भइरहेको छ । यहाँ मतगणना चलिरहेको छ ।

तपाईको प्रतिक्रिया