कास्की १ (१) को गणना आज नहुने, बुधबारमात्रै

समाधान संवाददाता २०७९ मंसिर ६ गते १०:४३

पोखरा ।

कास्की प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) को मतगणना आज पनि नहुने भएको छ । यहाँको मतगणना भोलि बुधबारमात्रै सुरु हुने जानकारी निर्वाचन अधिकारीहरुले दिएका छन् ।

अहिले कास्की १ प्रतिनिधि सभा र प्रदेश सभा २ को मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमालेका मनबहादुर गुरुङले ३ हजार ४ सय १२ र कांग्रेसका किशोरदत्त बरालले २ हजार ६ सय २४ मत पाएका छन् । कास्की २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका भए पनि कास्की १ मा भने एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

Advertisement

प्रदेश सभा २ मा एमालेका श्याम गुरुङले ३ हजार ९ सय ८७ मत ल्याउँदा कांग्रेसका दीपक गुरुङको ३ हजार ६२ आएको छ ।

कास्की प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) मा एमालेका खगराज अधिकारी, माओवादी केन्द्रका दीपक कोइराला र हाम्रो नेपाल पार्टीका मदन केसी लगायत उम्मेदवार छन् ।

Advertisement

प्रतिनिधितर्फ :
सूर्य (मन बहादुर गुरुङ) : ३४१२
रुख ( किशोरदत्त बराल) : २६२४

प्रदेश सभातर्फ :
सूर्य (बेद बहादुर गुरुङ ‘श्याम’) : ३९८७
रुख (दिपक गुरुङ) : ३०६२

तपाईको प्रतिक्रिया