कास्की ३ मा एमालेका बैरागीको अग्रता

समाधान संवाददाता २०७९ मंसिर ६ गते १०:४०

पोखरा ।
प्रतिनिधि सभा कास्की ३ मा नेकपा एमालेका दामोदार बैरागीले ४५५१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ४१८६ मत पाएका छन् भने नेकपा माओवादीका रामजीप्रसाद बरालले २९७८ मत ल्याएका छन् ।

प्रदेश सभातर्फ कास्की ३ (क) मा एमालेका गणेशमान गुरुङले ३८६६ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले २१५६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पाैडेलले १८२० मत प्राप्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया