मुस्ताङबाट निर्वाचित तीनै जना ४० वर्ष मुनिका

समाधान संवाददाता २०७९ मंसिर ६ गते १२:२२

पोखरा ।
मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित भएका नेपाली कांग्रेसका योगेश गौचन थकाली २९ वर्षका छन् । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आर्कषित भएको छ । उनी २०५० वैशाख २७ गते जन्मिएका हुन् । उनले भारतको बैंगलोरस्थित एलाइन्स पुमर सिटी कलेजबाट स्नातक गरेका छन् । योगेश ३ हजार ९९२ मत प्राप्त गरी निर्वाचित भए । उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजीतगर्दै संघिय संसदको यात्रा तय गरेका हुन् । तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका थिए ।

गण्डकी प्रदेश सभामा मुस्ताङ (क) मा ३३ वर्षिय नम्डु गुरूङ विजयी भएका छन् । उनको जन्म २०४६ असोज २९ गते भएको हो । नम्डुले १० कक्षा सम्म पढेका छन् । १ हजार ४८ मत ल्याएर प्रदेशसभामा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत पाएका थिए ।

गुरुङ यसअघि २०७४ सालको स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा पराजीत भएका थिए ।

Advertisement

मुस्ताङ प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार विकल शेरचन २ हजार ७२३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी एमालेका चन्द्रमोहन गौचनलाई ५८ मतान्तरले पराजीत गरेका हुन् । ३९ वर्षिय विकल २०४० असोज ६ गते जन्मिएका हुन् । होटल व्यवसाय तथा यातायात व्यवसायमा संलग्न शेरचनको अध्ययन प्रमाणपत्र तहसम्मको रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया