मत बढी देखिएपछि कास्की १ को मतगणना स्थगित

समाधान संवाददाता २०७९ मंसिर ६ गते १२:३५

पोखरा ।
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ मा मतगणनाका क्रममा बढी मत देखिएपछि मतगणना कार्य स्थगित भएको छ ।

मादी गाउँपालिकामा ५ अन्तर्गतको मतगणनाका क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित भएको हो । सो क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका थिए । मतगणनाका क्रममा गुरुङको अग्रता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया