मुस्ताङ ः समानुपातिकको सबै मतगणना सकियो : एमाले पहिलो, कांग्रेस दोश्रो स्थानमा

समाधान संवाददाता २०७९ मंसिर ६ गते २०:३०

देशभर मतगणनाकार्य जारी रहँदै गर्दा मुस्ताङमा भने प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फको सबै मतगणना सकिएको छ ।जिल्ला मुख्य निर्वाचन कार्यालय मुस्ताङले सार्वजनिक गरेको समानुपातिक मतपरिणाममा नेकपा(एमाले) पार्टि प्रतिनिधिसभा र प्रदेशसभातर्फ दुबैमा शिर्ष स्थान सुरक्षित गरेको छ भने नेपाली कांग्रेसले दोश्रो पार्टिको रुपमा स्थान सुरक्षित गरेको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ कुल ७ हजार ६९९ मत खसेकोमा नेकपा(एमाले)को सूर्य चुनाब चिन्हले ३ हजार ४०४ मत पाएको छ भने नेपाली कांग्रेसको रुख चुनाब चिन्हले २ हजार ४ ४८६ मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकमा कांग्रेस भन्दा एमाले ९१८ मतले बढी छ ।
यस्तै, नेकपा(माओवादी) केन्द्रको हसिया हथौडा चुनाब चिन्हले ९८९ मत पाएको छ भने, रास्वपाको चुनाब चिन्ह घण्टीले २९९ मत प्राप्त गरेको छ ।
मुस्ताङ प्रदेशसभा समानुपातिक मतपरिणाम :
मुस्ताङ प्रदेशसभा समानुपातिक मतपरिणाम पनि नेकपा(एमाले)को चुनाब चिन्ह सूर्यले पहिलो स्थान हासिल गरेको छ । मुस्ताङमा एमालेको सूर्य चुनाब चिन्हले कुल खसेको मत ७ हजार २५५ मध्ये ३ हजार १०१ मत पाएको छ । कांग्रेसको चुनाब चिन्ह रुखले २ हजार २५७ मत प्राप्त गरेको छ ।
यसैगरी नेकपा एकिृकृत समाजबादीको कलम चुनाब चिन्हले १ हजार ३० मत पाएको छ राप्रपाको हलो चुनाब चिन्हले ४ सय ४० मत ल्याएको छ ।

तपाईको प्रतिक्रिया