बागलुङ प्रदेशसभा २(२) मा कांग्रेसका द्रोणकुमार विजयी

समाधान संवाददाता २०७९ मंसिर ६ गते २१:४३


पाेखरा ।

गण्डकी  प्रदेशसभामा कांग्रेसले एक सिट थपेकाे छ ।
बागलुङ प्रदेशसभा  २(२)  मा नेपाली कांग्रेसका द्रोणकुमार कुँवर  विजयी भएका हुन् ।

कुँवरले १२ हजार ४०८ मत ल्याए भने प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत ल्याए । यहाँ २३ हजार ३३८ मत खसेको थियो ।

Advertisement

कांग्रेसले यस क्षेत्र अगाडि मनाङमा १ र मुस्ताङमा २ सिट प्रदेशसभामा जितिसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया