तनहुँ २ मा कांग्रेसका भण्डारी विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते ८:३३

पोखरा ।
तनहुँ प्रतिनिधिसभा २ मा नेपाली कांग्रेसका उम्मेदवार पूर्व मन्त्री शंकर भण्डारी विजयी भएको छ । कांग्रेस उम्मेदवार भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई पराजित गरेका हुन् ।

भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा एमालेका गुरुङले २५ हजार १३० मत पाए । भण्डारीले ५ हजार ४७४ को मतान्तरमा चुनाव जितेका हुन् । अघिल्लो पटक शंकर तनहुँ २ मै एमालेका केदार सिग्देलसँग पराजित भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया