बागलुङ प्रदेश सभाका सबै क्षेत्रमा कांग्रेसको जित

समाधान संवाददाता २०७९ मंसिर ७ गते ९:००

पोखरा ।
नेपाली कांग्रेसले बागलुङमा प्रदेशसभातर्फका सबै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार ४ वटै क्षेत्रमा विजयी हासिल गरेका हुन् ।

बागलुङ १ ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापाले विजयी भए । थापाले १३ हजार ८ सय ८४ मतसहित विजयी भए । नेकपा एमालेका हिराबहादुर केसीले १२ हजार ४ सय ५ मत प्राप्त गरे ।

बागलुङ १ ‘ख’ मा कांग्रेसका युवा उम्मेदवार डिल्लीराम सुवेदीले जित हासिल गरे । उनले १३ हजार ३ सय २० मत लिँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले केबल ७ हजार २ सय ५३ मत प्राप्त गरे ।

Advertisement

बागलुङ २ ‘क’ म कांग्रेसका जित शेरचन विजयी भए । २ वटा संसदीय निर्वाचनमा पराजित भएका शेरचनले विजयी हुन सफल भए । उनले १५ हजार १ सय ६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेले समर्थन गरेको माओवादीका बागी उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८ मत प्राप्त गरे । २०७४ र २०७६ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग पराजित शेरचनले अहिले जनमोर्चाकै साथ लिएर चुनाव जितेका हुन् ।

बागलुङ २ ‘ख’ मा पनि कांग्रेसका द्रोणकुमार कुँवरले जित हासिल गरे । कुँवरले १२ हजार ४ सय ८ मत प्राप्त गर्दै जित हासिल गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६ सय ७१ मत प्राप्त गरे

Advertisement

तपाईको प्रतिक्रिया