गण्डकी प्रदेश सभामा एमालेको पहिलो जित, कास्की २ ‘क’ बाट कार्की विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते ९:०६

पोखरा ।
कास्की क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै एमालेका भीम बहादुर कार्की प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

विजयी कार्कीले १० हजार ५३१ मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका विजय बहादुर भण्डारीले ५८९३ मत प्राप्त गरे।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने भने तेस्रो स्थानमा सीमित रहे। माओवादी केन्द्रका लामिछानेले ५ हजार ५४० मत ल्याए।

Advertisement

तपाईको प्रतिक्रिया