नवलपुर २ का प्रदेशसभामा एमाले उम्मेदवार विजयी

समाधान संवाददाता २०७९ मंसिर ७ गते १०:३३

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्यमा नवलपुर क्षेत्र नम्बर २ का दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन् । २ (क) मा पद्या जिसी र (ख) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् ।

प्रदेश (क) मा जिसीले १९ हजार ३ सय ७८ मत ल्याएर माओवादी केन्द्रका सौगम कुमार सिरपालीलाई पराजित गरेका हुन् । सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए ।

२०७४ सालको निर्वाचनमा यहाँ कांग्रेस उम्मेदवार विजयी भएको थियो ।

Advertisement

तप्रदेश (ख) मा पाण्डे १८ हजार ८ सय ६ मत ल्याएर विजयी भएका छन्। उनले निकटम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनाललाई पराजित गरेका हुन् । खनालले १४ हजार ७ सय ६१ मत ल्याए ।

निर्वाचन क्षेत्र नम्बर १ को १ मा एमालेका रोशन गाहा मगर पनि विजय नजिक पुगेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया