३५ मतान्तरले जित

समाधान संवाददाता २०७९ मंसिर ८ गते ११:१७

काठमाडौं ।
उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी बने । उनले ८ हजार १ सय ५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवराज राईले ८ हजार ७० मत प्राप्त गरे ।

मगरले राईलाई ३५ मत अन्तरले पराजित गरेका छन् । मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित बनेका थिए । प्रदेशसभामा जम्मा १८ हजार ६ सय ९९ मत खसेको थियो ।

यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले ८ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले ४ सय ३२ मत ल्याएर चौथो स्थानमा रहे ।

Advertisement

तपाईको प्रतिक्रिया