लमजुङ १ क र ख दुवैमा कांग्रेस निर्वाचित

समाधान संवाददाता २०७९ मंसिर ८ गते ११:३७

पोखरा ।
लमजुङ निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका टेकराज गुरुङ निर्वाचित भएका छन् । उनले १८ हजार ५०४ मत सहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका जमिन्द्रमन घलेलाई पराजित गरेका हुन् । उनले १७ हजार ३४३ मत प्राप्त गरेका थिए ।

लमजुङ निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल विजयी भएका छन् । उनले नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई पराजित गर्दै विजयी भएका हुन् । पौडेलले १९ हजार ५५७ मत प्राप्त गरेका थिए भने अधिकारीले १८ हजार ८०३ मत प्राप्त गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया