पर्वतमा गठबन्धन क्लिनस्विप

समाधान संवाददाता २०७९ मंसिर ९ गते १०:३७

पोखरा ।
प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित बने ।

साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी बने ।

कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पछाडि पार्दै विजयी बने । गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गरे जोशीले २७ हजार ६ सय ९ मत ल्याए ।

Advertisement

प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरलाई पराजित गरे । कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गरे ।

प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार २ सय १० मत प्राप्त गरे । जिल्लाका ६१ वडामा ६६ हजार २ सय २६ मत खसेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया