पाेखरा विमानस्थल ह्याण्डलिमा बुद्ध एअरकाे चासाे

समाधान संवाददाता २०७९ मंसिर १२ गते १३:३५

पोखरा ।
बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलीङ कार्यको प्रस्ताव नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । विमानस्थल आगमी जनवरी १ बाट शुरु हुने गरि बुद्ध एयरले सम्पूर्ण आन्तरिक तयारी गरेको हो ।

एयरले विमानस्थलको शुरुवातबाटै पाँचवटा विमान रात्री–बिहान गरि साताको ३०० उडान भर्ने कार्यतालिका बनाएको छ । जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन् ।

अन्तराष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान भर्नेछन् । एयरले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया