म्याग्दीमा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायीको मृत्यु

समाधान संवाददाता २०७९ मंसिर २१ गते १५:५७

पोखरा ।
म्याग्दीमा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायीको कृष्ण बरुवालको मृत्यु भएको छ। म्याग्दी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि जग नापजाँचका क्रममा अन्दाजी ४५ बर्षिय बरुवालको अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासी खसेर बरुवाल पुरिएको प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताए । ‘पुरिएको एकण्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी बेनी अस्पतालमा पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याइए लगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेको थियो । बरुवाल जिल्लामा राम्रो काम गर्ने निर्माण व्यवसायीका रुपमा परिचित थिए । बरुवाल निर्माण व्यवसायी म्याग्दीका कार्यसमिति सदस्य थिए ।

Advertisement

तपाईको प्रतिक्रिया