सुनौलो सहकारीमा टीकारामको निरन्तरता

समाधान संवाददाता २०७९ मंसिर २६ गते १३:०३

पोखरा ।
पोखरा ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले पुनः टीकाराम सापकोटाको नेतृत्वमा नयाँ सञ्चालक समिति चुनेको छ ।

समितिका उपाध्यक्षमा भोजकुमार श्रेष्ठ, सचिव सोमबहादुर थापा मगर, कोषाध्यक्ष लीला भट्टराई र सदस्यमा गायत्री फुयाल, मधुमाया सापकोटा, जीवनराज सापकोटा, उमादेवी अधिकारी, रामचन्द्र शर्मा छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा ईश्वरीप्रसाद पौडेल र सदस्यमा जगन्नाथ तिमिल्सिना र ताराप्रसाद गौतम छन् ।

सभामा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि सुमित्रा जिसी, उत्कृष्ट सदस्यमा विष्णुप्रसाद गुरुङ, दीपेन्द्रदेवी घिमिरे थापा, पार्वता पाण्डे र धीरज अर्याललाई सम्मान गरियो । सुनौलो शैक्षिक पुरस्कार अन्तर्गत आधारभूत तहमा एरिका बराल र माध्यमिक तहमा कृष्ण पाण्डेलाई नगद तथा सम्मानपत्रबाट सम्मान गरियो ।

Advertisement

संस्थामा २ हजार ४ सय ८७ जना सेयर सदस्यको ६ करोड १३ लाख सेयर बुँजी छ । कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाइडमा रहेको सहकारीले उत्पादनमा जोड दिदैँ संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष टीकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भूमिका लगायतका विषयमा प्रकाश पारेका थिए । सहकारीका उपाध्यक्ष भोजकुमार श्रेष्ठ, सल्लाहकारहरु डम्बरबहादुर के.सी, गणेशबहादुर भट्टराई, बच्चुराम तिवारी र विष्णुबहादुर गुरुङ, महेश्वर पहारी, उमादेवी अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया