स्कुल टोलमा बलराम

समाधान संवाददाता २०७९ मंसिर २६ गते १३:१६

पोखरा ।
पोखरा ३२ तल्लो गगनगौंडास्थित स्कुल टोल विकास संस्थाको २१ औं साधारणसभा एवं १० औं अधिवेशनले बलराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिका उपाध्यक्षमा अप्सरा घिमिरे, सचिव विद्या अधिकारी, कोषाध्यक्ष लीला पराजुली, सहसचिव केशकुमारी थापा(ख) छन् ।

सदस्यमा नारायणी थापा, लक्ष्मी केसी, नीला गुरुङ, संगिता ढकाल र मनिता केसी छन् । खेमराज अधिकारीको संयोजकत्वमा गणेश केसी र पार्वती बस्नेत सदस्य रहेको निर्वाचन समितिले नयाँ निर्वाचन प्रक्रिया गराएको हो ।

कार्यक्रममा पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले समाजका हरेक गतिविधिमा सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिए । संस्थाका अध्यक्ष ईन्दबहादुर खत्रीले सबैको साथ र सहयोगमा टोलका विभिन्न सामाजिक गतिविधि बढाइएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया