बज्रमोहन स्मृतिमा ध्रुव

समाधान संवाददाता २०७९ मंसिर २८ गते १३:१७

लेखनाथ ।
पोखरा २६ म रहेको बज्रमोहन भट्टराई स्मृति कुलायन संस्थाको साधारणसभाले ध्रुवमोहन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा जयमोहन भट्टराई, सचिव सावित्री भट्टराई, सहसचिव पुष्पा भट्टराई र कोषाध्यक्षमा अम्बिकामोहन भट्टराई छन् ।

सदस्यमा राधादेवी भट्टराई, सुमित्रा भट्टराई, पार्वती भट्टराई, सुमनमोहन भट्टराई, प्रतापमोहन भट्टराई, रमेशमोहन भट्टराई, ई. सागरमोहन भट्टराई र आदर्शमोहन भट्टराई छन् ।

संस्थाका अध्यक्ष प्रकाशमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई, प्राध्यापक हरिमोहन भट्टराई, निर्वाचन समिति संयोजक विचित्रमोहन भट्टराई, सदस्य कृष्णमोहन भट्टराई र गोविन्दमोहन भट्टराई लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया