गलेश्वर सहकारीको सभा

समाधान संवाददाता २०७९ मंसिर २८ गते १७:१९

पोखरा ।
गलेश्वर बचत तथा ॠण सहकारीको बुधबार तेस्रो साधारण सभा भएको छ । सभाको अध्यक्षमा सहकारीका अध्यक्ष ललितबहादुर भण्डारी, प्रमुख अतिथिमा पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख भरतराज पौडेल र विशेष अतिथिमा पोखरा १५ का वडाध्यक्ष तोरण बाँनिया थिए ।

शाखा प्रमुख पौडेलले सहकारीले अझै बढि प्रगति गरोस् भन्दै शुभकामना दिए साथै उनले सहकारीका सम्बन्धमा जनाकारी पनि दिए । सहकारीका अध्यक्ष भण्डारीले सहकारीका बारेमा कोषाध्यक्ष चन्द्रबहादुर लामिछानेले कोषको बारेमा र संयोजक नाराणबहादुर क्षेत्रीले सहकारीको आर्थिक पक्षका बारेमा जानकारी दिएका थिए ।

सभामा विभिद खेलकुद, ज्ञानमुलक कार्यक्रम र साँस्कृतिक कार्यक्रम भएकाे थियो । कार्यक्रम सञ्चालन सहकारीका सचिव गणेशबहादुर आलेले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया