महेन्द्र माविलाई उपाधि

समाधान संवाददाता २०७९ मंसिर २८ गते १७:४७

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे ४ लाहाचोकको महेन्द्र माध्यामिक विद्यालयले जितेको छ । पालिकाका ११ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ११ स्वर्ण ५ रजत र ३ कास्य प्राप्त गरी महेन्द्रले उपाधि चुमेको हो । रनिङ सिल्डसँगै विद्यालयले नगद १५ हजार, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

यता, ४ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरी माछापुच्छ्रे मावि दोस्रो भएको छ । उदय माविले ४ स्वर्ण, २ रजत २ कास्य पाएर तेस्रो भएको छ । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपयाँ पाएका छन् । आइतबारदेखि मंगलबारसम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा प्रतियोगिता भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया