पुस २७ बाट पोखरा महोत्सव

समाधान संवाददाता २०७९ पुष ७ गते १०:४४

पोखरा ।
११ औं संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । आयोजक युनाइटेड क्लबले बुधबार पत्रकार सम्मेलन गरी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सवको तयारी तीव्र पारिएको जनाएको हो ।

महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिको बेटर होम एप्लायन्स, सह प्रायोजकमा रारा तयारी चाउचाउ, पप कन्सर्ट प्रायोजक युनाइटेड युथ सर्कल युएसए छन् ।

प्रायोजकहरुमा योकोहामा जापानिज ल्याङग्वेज एन्ड ट्रेनिङ कन्सल्टेन्सी, स्काइ लिंक टेक्नोलोजी, ड्रीमल्याण्ड फनपार्क, सिजी हार्डवेयर एन्ड सप्लायर्स, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस प्रोसेस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेसन प्रालि, अफिसियल इन्सुरेन्समा सगरमाथा इन्सुरेन्स, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड छन् ।

Advertisement

विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, सहयोगी संस्थामा अमरसिंह मावि, युथ कम्युनिटी क्लब, मिडिया पार्टनरमा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक, एभरेष्ट रहेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल छन्

Advertisement

महोत्सवमा अपांग, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, सुरक्षा निकायका सुरक्षाकर्मीलाई (पोषाक अनिवार्य) वनका कार्मचारीलाई निःशुल्क प्रवेश गराइनेछ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने समेत प्रचारप्रसार संयोजक सुनारले बताए ।

कृषि तथा हस्तकलाका स्टललाई विशेष छुट प्रदान गरिनेछ । १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल छन् । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शक आउने अनुमान छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्‍याउनेु, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारणसमक्ष पुर्‍याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिने आयोजकको भनाइ छ ।

आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुको बजार सहजीकरण गराउने, कलाकारको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्‍याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पुर्‍याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको प्रचारप्रसार संयोजक सुनारले बताए ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला, संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यवसायिकक संघ, संस्थाका सेवाका बारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री, पर्यटन प्रवद्र्धनका सामग्री प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलको जानकारी, सामाजिक संस्थाको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधि सञ्चालन हुनेछन् ।

महोत्सवबाट सेती नदीलाई सहासिक पर्यटकीय गन्तव्य निर्माणका लागि केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । प्रति टिकट १ रुपैयाँ सेती नदी संरक्षण अभियानलाई छुट्याइनेछ ।

तपाईको प्रतिक्रिया