सौन्दर्यकर्मी गुरुङको निधन

समाधान संवाददाता २०७९ पुष ७ गते १३:२३

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय अध्यक्ष पवि गुरुङ (प्रेमकुमारी)को निधन भएको छ ।

नेकपा (एमाले) मजदुर इलाका कमिटी कास्की सचिवसमेत रहेकी गुरुङ क्यान्सरबाट पीडित थिइन् । पबिको पोखराको रामघाट स्थित बौद्ध अघौं सदनमा बुधबार अन्त्येष्टि गरिएको जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

जिफन्ट राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठ, नेकपा (एमाले)का केन्द्रीय सदस्य राजीव पहारी लगायतका नेताले पबिप्रति अन्तिम श्रदाञ्जली दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया