गण्डकीका सांसदले लिए सपथ

सञ्जय रानाभाट २०७९ पुष १४ गते १३:४६

पोखरा ।
गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरुलाई शपथ गराएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र सहित राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया