एनप्याब्सनमा लोकनृत्य र वक्तृत्वकला

समाधान संवाददाता २०७९ पुष १५ गते १२:५७

पोखरा ।
एनप्याब्सन गण्डकी प्रदेशद्वारा आयोजित सामूहिक लोकनृत्य प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमी प्रथम भएको छ । विभिन्न जिल्लाबाट छनोट भई आएका विद्यालयबीचको प्रतिस्पर्धामा वक्तृत्वकला प्रतियागितातर्फ युनिभर्स बोर्डिङ स्कुल कास्की प्रथम बनेको छ ।

एनप्याब्सन केन्द्रद्वारा संस्थाको २५ औं जन्मदिवसको उपलक्ष्यमा पुस २७ गते आयोजना गरिने राष्ट्रिय सामूहिक लोकनृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड छानिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा निर्देशक अम्बिकाप्रसाद आचार्यले अबका विद्यार्थी विस्तारै लोकनृत्य, लोक संस्कृतिमा पारङ्गत हुनुपर्ने बताए ।

एनप्याब्सन प्रदेश कमिटी अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव सिकन्दर गुरुङ, सहसचिव युवक लामिछाने, एनप्याब्सन केन्द्रीय सल्लाहकार ज्ञानेन्द्रमोहन भट्टराई, महेश गोदार, गम्भीर बर्देवा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया