रियालिटी सोका विजेतालाई करोड

समाधान संवाददाता २०७९ पुष १५ गते १४:१५

काठमाडौं ।
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ हुने भएको छ । प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेसनल एपमार्फत आवेदन दिन सक्ने छन् ।

१८ जर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्छन् । यी सोमा सहभागी हुन चाहने विश्वभरका नेपालीभाषीले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर रजिस्टर गर्न सक्छन् ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकालाई मद्दत गर्नुमा भएको बताउँदै फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु भएको उल्लेख गे ।

Advertisement

प्राथमिक छनोट प्रक्रियापछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ । यी दुबै सोको आवेदन दिने मिति जनवरीको अन्तिम तारिखमा तोकिएको छ । मेरो भ्वाइस युनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता लगायत छन् ।

मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राइछन् । यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । यी २ सो नेपालकै सर्वाधिक धेरै धनराशि भएका रियालिटी सो हुन् ।

Advertisement

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनभर्स’का विजेताले १ करोड पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’का विजेताले पनि १ करोड पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउनेछन् ।

फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशबाट पनि नेपालीभाषीको सहभागिताको अपेक्षा राखेको छ ।

तपाईको प्रतिक्रिया