मर्स्याङ्दी नदिमा खस्दा प्रहरी जवान बेपत्ता

समाधान संवाददाता २०७९ पुष १५ गते १४:३९

पाेखरा । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एक जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । बेंसीसहरबाट शुक्रबार बिहान मनाङतर्फजाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्न जाने क्रममा लडेर मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।

बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर खोजतलास भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, विजुलीकोट (साविक विजुलीकोट गाविस ४) का महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए ।

Advertisement

तपाईको प्रतिक्रिया