एपिएफ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

समाधान संवाददाता २०७९ पुष १६ गते १७:४५

पोखरा ।
धरान फुटबल क्लबलाई हराउँदै साविक विजेता एपिएफ पोखरामा जारी २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा एपिएफले धरानलाई २–० पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

धरानविरुद्ध एपिएफले पहिलो हाफमै २ गोलले अग्रता लिएको थियो । एपीएफले पहिलो हाफको ३६ र ३९ औं मिनेटमा गोल गरेको थियो । एपीएफको जितमा बिकु तामाङ र युवराज खड्काले गोल गरे ।

Advertisement

तपाईको प्रतिक्रिया