गण्डकी प्रदेश: माओवादीबाट संसदीय दलकाे नेतामा दाेहाेरिए हरिबहादुर चुमान

समाधान संवाददाता २०७९ पुष १७ गते १०:२१

पाेखरा ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलकाे नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रदेश कमिटीकाे बैठकले चुमानलाई संसदीय दलकाे निर्वाचनमा निर्वाचित गरेकाे हाे ।

चुमान यस अघि ०७४ मा पनि संसदीय दलकाे नेता थिए । यति वेला पृथ्वीसुब्बा नेतृत्वकाे सरकारमा चुमान आन्तरिक तथा कानुनमन्त्री भए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन चुमान तनहुँ १(२) बाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीकाे दाबेदारका रूपमा हेरिएकाे हाे ।

Advertisement

दलकाे नेता बेनेसँगै एमाले-माओवादीकाे सत्ता गठबन्धनमा माओवादीबाट चुमान मुख्यमन्त्रीका बलियाे दाबेदार बनेका हुन् ।

याे सँगै सत्ता गठबन्धनबाट गण्डकीमा एमालेका खगराज अधिकारी र माओवादीबाट चुमान मध्ये एक मुख्यमन्त्री हुने निश्चित भएकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया