पौरखे सामुदयिक वनमा वीरेन्द्र

समाधान संवाददाता २०७९ पुष १७ गते १३:१८

पोखरा ।
पौरखे कालीमाटी सामुदयिक वन समूह पोखरा ३१ सुन्दरीडाँडाको ३९ औं आम उपभोक्ता भेला तथा २३ औ अधिवेशन भएको छ । भेलाले वीरेन्द्र ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष गीता तिमिल्सिना, कोषाध्यक्ष टीकामाया गुरुङ, सचिव ध्रुवप्रसाद लामिछाने र सचिव मणिराम तिवारी छन् । यस्तै, सदस्यमा चन्द्रबहादुर भुजेल, टकबहादुर भुजेल, अन्जना पाण्डे, मंगल जलारी, निरमाया भुजेल, समुन्द्र भुजेल, ईन्द्रप्रसाद तिवारी र अर्जुन सापकोटा छन् ।

कार्यक्रममा लेखनाथ सब डिबिजन वन कार्यलयका प्रमुख रामबहादुर विक, निर्वाचन समितिका संयोजक विजय न्यौपाने, सहसचिव ध्रुवप्रसाद लामिछाने लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया