कस्तूरी सहकारीको सभा

समाधान संवाददाता २०७९ पुष १७ गते १३:५२

लेखनाथ ।
पोखरा २७ तालचोकमा रहेको कस्तूरी बहुउद्देश्यीय सहकारीले विविध कार्यक्रमका साथ चौथो वार्षिक साधारण सभा मनाएको छ ।

सभामा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारीले सेयर सदस्यबाट पैसा जम्मा गरी त्यसको ब्याजबाट मुनाफामात्र वितरण नगरी स्वदेशमा केही गरौ भन्ने भावना राखेका युवालाई आयआर्जनमा जोड्ने योजना ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य उजेलीमाया गुरुङ, व्यवस्थापक अमृत अधिकारी र उत्कृष्ट बचत कर्ता तथा असल ऋणीलाई सम्मान गरिएको थियो ।

Advertisement

सहकारीका अध्यक्ष शिव सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभागका विज्ञ सदस्य दुर्गाप्रसाद सुवेदी, सचिव अपील सिग्देल, कोषाध्यक्ष सिजन गुरुङ, लेखा समिति सदस्य ओमप्रसाद गिरी, कार्यसमिति सदस्य ईश्वरीप्रसाद सापकोटा, उपाध्यक्ष गंगादेवी कँडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया